माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडाैं | असार १८, २०८१

माओवादीले बोलायो पदाधिकारी बैठक तस्बिर फाइल

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका छन्।


नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने मध्यरातमा सहमति भएपश्चात् प्रधानमन्त्री दाहालले पदाधिकारी बैठक आह्वान गरेका हुन्।


बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। बैठकमा वर्तमान परिस्थितिबारे छलफल हुनेछ।


एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन्।


नयाँ सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसले पनि पार्टीको पदाधिकारी बैठक बोलाएको छ। बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्